image
image
मकवानपुरको राक्सिराङमा बोलेरो जिप दुर्घटना, ९ जना घाइते

मकवानपुरको राक्सिराङमा बोलेरो जिप दुर्घटना, ९ जना घाइते

काठमाडौँ -   मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार, राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो।

घटनास्थलमा प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको टोलीले घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाएको छ। बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ।

गम्भीर घाइतेहरूको नामावलीमा राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल ब. घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का रहेका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

यसैगरी, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।

घटनाको कारण र थप विवरणका लागि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।