काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र आउट: अनुसन्धान सुरु
काठमाडौँ - भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन सुरु गरेको छ।
आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीहरूको हातमा प्रश्नपत्र पुगेको देखिएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो। छानबिनका क्रममा टोलीले पुरानो प्रश्नपत्र साटासाट गरेको पाइएको छ। विद्यार्थीहरूले प्रश्नपत्र साटासाट गरेको भिडियो समेत बनाइएको थियो।
कलेजको परीक्षार्थीहरूको मोबाइल जफत गरेर चेकअप गर्दा पुरानो प्रश्नपत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ। यसअघि पनि काठमाडौँ वर्ल्ड स्कुलका विद्यार्थीहरूलाई प्रश्नपत्र आउट भएको विषय सार्वजनिक भएको थियो।









