image
image
सहकारी बचत अपचलनमा पूर्वअध्यक्ष रेवती खनाल पक्राउ

सहकारी बचत अपचलनमा पूर्वअध्यक्ष रेवती खनाल पक्राउ

काठमाडौँ -   झापाको विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाललाई सहकारीको बचत रकम अपचलन गरेको आरोपमा धनगढीबाट पक्राउ गरी झापा ल्याइएको छ। खनालले २०७८ सालको भदौ महिनामा संस्थाका नाममा झण्डै २ करोड ६ लाख रुपैयाँ ऋण निकालेर फरार भएका थिए। उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइने जानकारी प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले दिएका छन्।

खनालका साथमा उनकी बहिनी गोमा खनाल भण्डारी र मामाससुरा अनन्तजीवन लुइँटेल पनि पक्राउ परेका थिए। गोमालाई एक लाख ५० हजार र अनन्तजीवनलाई ७५ हजार धरौटीमा छोडिएको थियो। हाल खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस घटनासँगै झापामा सहकारीको बचत रकम अपचलन गर्ने अन्य सञ्चालक र कर्मचारीविरुद्ध पनि अनुसन्धान जारी रहेको छ। उन्नति बचत तथा ऋण सहकारीका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि बचत रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको थियो। यसैगरी, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका शिवगञ्ज सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई पनि तीन करोड ३५ लाख ४० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।