image
image
नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज, नीति तथा कार्यक्रम र बजेटमा छलफल हुने

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज, नीति तथा कार्यक्रम र बजेटमा छलफल हुने

काठमाडौँ -    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने प्रमुख एजेण्डा रहेको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा सरकारका नीति तथा कार्यक्रम र बजेटका विषयमा गम्भीर छलफल हुनेछ। यसअघि, राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही आधारमा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ।

यसका साथै, बैठकमा पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कारबाहीको समीक्षा र सम्भावित फुकुवा विषयमा पनि छलफल हुने सम्भावना छ। यसअघि, पाण्डे र तिम्सिनालाई पार्टीको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।