image
image
सर्केगाड गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध, स्थानीयवासी सास्तीमा

सर्केगाड गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध, स्थानीयवासी सास्तीमा

काठमाडौँ - ​ हुम्लाको सर्केगाड गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीलाई सञ्चारमा गम्भीर समस्या परेको छ। सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको नेपाल टेलिकमको टावरमा २०८१ सालको माघ महिनामा अज्ञात समूहले तोडफोड गर्दा टेलिफोन सेवा अवरुद्ध भएको हो ।​

टावरमा सोलार प्यानल, VSAT उपकरण र earthing केबलमा क्षति पुगेको नेपाल टेलिकमका प्राविधिक सहायक गोर महतले जानकारी दिए। यसका कारण सर्केगाड गाउँपालिका–५, ६ र ४ का स्थानीयवासी, स्वास्थ्यकर्मी, व्यवसायी लगायतका सेवाग्राहीहरूलाई सञ्चारमा गम्भीर समस्या परेको छ। मोबाइलमा नेटवर्क देखिए पनि फोन गर्न नसकिने, सन्देश नपठाउन सकिने जस्ता समस्याहरू देखिएका छन्।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीका अनुसार, स्वास्थ्यकर्मीहरूसँग जानकारी लिन नसक्दा खोप र अन्य स्वास्थ्य गतिविधिहरूमा समस्या आएको छ। इन्टरनेट सेवा पनि सबै वडाका दुर्गम गाउँ र स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या आएको उनले बताए।​

टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे। पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए।​

नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रञ्जीन लामाका अनुसार, टावर मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको छ। सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने उनले बताए।

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनिरहेको छ।​

स्थानीयवासी र सेवाग्राहीहरूले टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो दिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।