image
image
प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी: 'तानाशाही राजतन्त्रको प्रेत कहिल्यै फर्कँदैन'

प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी: 'तानाशाही राजतन्त्रको प्रेत कहिल्यै फर्कँदैन'

काठमाडौँ - ​  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राजधानीको नाचघरमा आयोजित कार्यक्रममा तानाशाही राजतन्त्रको पुनःस्थापनाको सम्भावना नकार्दै भनेका छन्, "तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन्, तर प्रेत कहिल्यै फर्केर आउन सक्दैन। भूतप्रेत भनेको यही हो।"

ओलीले राजतन्त्रको पक्षमा केही सानो समूह सक्रिय भए पनि त्यसलाई ठूलो स्वरले कराउने प्रयास मात्र रहेको बताएका छन्। उनले भने, "विवाह पनि यिनीहरूले भनेजस्तै गर्नुपर्ने? लभ गर्न पनि नपाइने भयो कि क्या हो! तानाशाही बहिष्कार गर्नेको झुन्ड सानो छ, तर ठूलो स्वरले कराउँछन्। तर आजको युगमा सम्भव छैन।"

कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले पूर्व नवयुवराज हृदयन्त्र शाहलाई टिप्पणी गरेको आधारमा राजावादीहरूले फिल्म बहिष्कार गरेकोमा ओलीले असन्तुष्टि जनाए। उनले भने, "रैतीहरूले लोकतन्त्र, वाक स्वतन्त्रता सुन्नै नसक्ने भएकाले एउटा कलाकारले केही बोलेको आधारमा तानाशाहरूले फिल्म बहिष्कार गरेको आरोप लगाए।"

अहिले पनि एउटा सानो झुन्ड राजतन्त्र फर्किन्छ कि भनेर हिँडेकोप्रति उनले व्यङ्ग्य गर्दै भने, "पहिला पहिला भूतप्रेत भगाउन ढ्याङ्ग्रो ठोक्ने गरेको भन्दै तानाशाही भूतप्रेतलाई हटाउन ढ्याङ्ग्रो ठोक्न आग्रह गरे।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।