image
image
रूपा गाउँपालिका कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो

रूपा गाउँपालिका कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो

काठमाडौँ -   कास्की जिल्लामा सम्पन्न वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिकाले ६८ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यो मूल्याङ्कन २०८०/८१ आर्थिक वर्षका कार्यहरूको आधारमा गरिएको हो। कास्की जिल्ला समन्वय समितिले उक्त मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको हो।​

अन्य पालिकाहरूको प्रदर्शन:

  • अन्नपूर्ण गाउँपालिका – ६६.५ प्रतिशत​

  • मादी गाउँपालिका – ६१.५ प्रतिशत​

  • पोखरा महानगरपालिका – ४७.५ प्रतिशत​

  • माछापुच्छ्रे गाउँपालिका – ४५ प्रतिशत​

जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलका अनुसार, कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अझै अपेक्षाकृत सुधार हुन नसकेको छ। उनले भने, “जुन हिसाबले सुधार हुनुपर्थ्यो, त्यो देखिएन। उत्कृष्ट अङ्क हाम्रा पालिकाले ल्याउन सकेनन्। तथापि आगामी दिनमा सुधार हुने विश्वास छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।