उपमेयर सुनिता डंगोलको काठमाडौं भ्यू टावरको सम्बन्धमा धारणा
काठमाडौँ - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको विषयमा आलोचना गर्दै उक्त संरचना भत्काउनुपर्ने पक्षमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने महानगरपालिकाको अभियानमा उहाँले पूर्ण समर्थन जनाउनुभएको छ। उपमेयर डंगोलले अनधिकृत संरचनाहरू हटाउने अभियानलाई काठमाडौं महानगरपालिकाको हो भन्दै, "म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु।"