जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम चौधरीको गिरफ्तारीका कारण स्थगित
काठमाडौँ - जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकता घोषणा कार्यक्रम रेशम चौधरीको गिरफ्तारीका कारण स्थगित भएको छ। चौधरीलाई बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित एकता कार्यक्रममा सहभागी हुन पुगेको समयमा सादा पोसाकका प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका अनुसार, चौधरीको गिरफ्तारीले एकता प्रक्रियामा अवरोध पुर्याएको छ। उनले भनेका छन्, "पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको छ।"
यस घटनापछि जनमत पार्टीले एकता कार्यक्रम स्थगित गर्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेको छ।