image
image
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्रे हुँदै

स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्रे हुँदै

काठमाडौँ -  स्याङ्जाको आँधीखोला गाउँपालिका–५ स्थित जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने जुग्ले–बाँगे सडक कालोपत्रे कार्य सम्पन्न भएको छ। यस सडकको कालोपत्रे कार्यको लागि सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु. ३ करोड र आँधीखोला गाउँपालिकाबाट रु. ४ करोड ५५ लाख गरी कुल रु. ७ करोड ५५ लाखको बजेट विनियोजन गरिएको हो।​

सडकको जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्रे गरिएको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए। यस सडकले आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व भएका गाउँलाई जोड्ने कार्य गरेको छ। सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ।​

दश वर्षअघि 'ट्र्याक' खोलेको उक्त सडकलाई आँधीखोला गाउँपालिकाले सङ्घीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रूपमा अगाडि बढाएको हो। वि.सं. २०७९ माघमा सम्झौता भई निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलले बताए।​

सडकको चौडाइ पाँच दशमलव ७५ मिटर रहेको छ र 'प्रिमिक्स कार्पेटिङ' प्रविधिको कालोपत्रे गरिएको छ। सडक नालीसहित सात मिटर चौडाइको रहेको छ। सडक किनारामा पहेँलो घेराको रङ–रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको गाउँपालिकाका सिनियर सब–इञ्जिनियर सन्तोष सुवेदीले जानकारी दिए।​

यस सडकको निर्माणसँगै पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि सहजता आउने भएको छ। तीव्र गतिमा काम गरिरहेको निर्माण कम्पनीले आगामी वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्रे सुरु गर्ने योजना बनाएको छ।​

यस सडकको निर्माणले स्थानीयवासीको यात्रा र सामान ढुवानीमा सहजता ल्याउने विश्वास गरिएको छ। स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए। उनीले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको बताए।​

यस सडकको कालोपत्रे कार्य सम्पन्न भएपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने र विकासको नयाँ युगको शुरुआत हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।