image
image
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ -  वैदेशिक रोजगारका लागि आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बसोबास गर्ने ५१ वर्षीया मुना कार्की रहेका छन्। उनले बेरोजगार युवालाई झुक्याएर दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ४० हजार रुपैयाँ लिई लामो समयसम्म सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेकी मुना कार्कीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।