नर्भिक हस्पिटलले पित्तथैली र मिर्गौलासम्बन्धी समस्याको निःशुल्क ओपीडी सञ्चालन गर्ने
काठमाडौँ - नर्भिक इन्टरनेशनल हस्पिटलले पित्तथैली र मिर्गौलासम्बन्धी समस्याका लागि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। यो सेवा आगामी वैशाख २० र २७ गते बिहान १० बजेदेखि १२ बजेसम्म उपलब्ध हुनेछ। यसमा जीआइ ल्याप्रोस्कोपिक र लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. सुनिल श्रेष्ठले परामर्श दिनेछन्।
निःशुल्क ओपीडी सेवामा सहभागी हुने इच्छुक व्यक्तिहरूले नर्भिक अस्पतालको कल सेन्टर (०१–५९७००३२) मा सम्पर्क गरेर अग्रिम नाम दर्ता गर्न सक्नेछन्। यससेवामा मिर्गौलाको पत्थरीको उपचारका लागि सानो प्वाल बनाई निकाल्ने प्रविधि, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, र घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छन्। निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीहरूले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ।









