image
image
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौँ -  प्रतिनिधि सभाको बैठक सोमबार स्थगित गरिएको छ र अब मंगलबार बिहान ११ बजे बस्ने जानकारी सभामुख देवराज घिमिरेले दिएका छन्। सोमबारको बैठकमा आकस्मिक र शून्य समयमा नेताहरूले धारणा राखेका थिए।​

बैठकमा 'नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१' पेस गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले 'नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा सैद्धान्तिक छलफल भएको थियो र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि उक्त विधेयक स्वीकृत भएको थियो। त्यसपछि विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ।​

बैठकको चौथो कार्यसूचीमा 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने' र 'पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने' कार्यसूची थियो। तर, उक्त कार्यसूची हटाएर सभामुख घिमिरेले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।