माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन , सहकारी पीडित
काठमाडौँ - सहकारी पीडितहरूले सोमबार माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरूले कालो कपडा लगाएर सरकारको विरोध जनाएका छन्।
सहकारी पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन्।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । तर उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन । आफ्नो पीडा सरकारले नबुझेको पीडितको गुनासो छ ।









