image
image
नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै

नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौँ -​​​  नेपाल राष्ट्र बैंकले आज ७०औं वार्षिकोत्सव मनाउँदैछ। २०१३ सालको वैशाख १४ गते स्थापना भएको यस केन्द्रीय बैंकले ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो।​

यस अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम आयोजना गरिरहेको छ। तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ सालको चैत २३ गते समाप्त भएको भए पनि अहिलेसम्म नयाँ गभर्नर नियुक्ति गरिएको छैन। यसले संस्थाको नेतृत्वमा रिक्तता सिर्जना गरेको छ।​

यसअघि पनि राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाएको छ। ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो। त्यसअघि २०३० सालमा गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि ११ दिनका लागि नेतृत्व रिक्त भएको थियो।​

राष्ट्र बैंक ऐनले केन्द्रीय बैंक कहिल्यै पनि नेतृत्वविहीन हुन नहुने परिकल्पना गरेको छ। यसका लागि पुरानो नेतृत्वको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ। तर, अधिकांश समयमा यो व्यवस्था पालना भएको पाइँदैन। यसका कारण राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा पुगेको छ।​

अहिलेसम्म राष्ट्र बैंकमा १७ जना गभर्नर भएका छन्। १८औं गभर्नरको चयन प्रक्रिया अहिले अवरुद्ध भएको छ। यसले राष्ट्र बैंकको नेतृत्वमा स्पष्टता अभाव रहेको र संस्थाको कार्यक्षमतामा असर पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।