image
image
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ -​​​  मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।​

प्रहरीका अनुसार, विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान १०:५० बजेतिर ठक्कर दिएको थियो। मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको छ।​

दुर्घटनालगत्तै स्थानीयले विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध गर्दै शव सडकमै राखेर विरोध प्रदर्शन गरेका छन्। प्रहरीका अनुसार, भिड आक्रामक र उत्तेजित हुँदै गएको छ। स्थानीयले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूले टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने र चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।​

घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई अन्य मार्गमा डाइभर्ट गरिरहेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।