image
image
एक हप्ताभित्र दर्ता नगरेमा सामाजिक सञ्जाललाई प्रतिबन्ध

एक हप्ताभित्र दर्ता नगरेमा सामाजिक सञ्जाललाई प्रतिबन्ध

काठमाडौँ -​​​  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) लगायतका प्रमुख सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूलाई आगामी ७ दिनभित्र नेपालमा दर्ता नगरेमा ती प्लेटफर्महरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उहाँका अनुसार, सरकारको बारम्बारको अनुरोध र सूचना जारीको बावजुद मेटाले दर्तामा गम्भीरता नदेखाएको भन्दै अबको ७ दिनभित्र दर्ता नगरेमा सरकारले प्रतिबन्ध लगाउने निर्णयमा पुग्ने बताउनुभयो। यसअघि, नेपाल सरकारले टिकटकलाई दर्ता नगरेको भन्दै प्रतिबन्ध लगाएको थियो, तर पछि उक्त एपले सरकारका सर्तहरू स्वीकार गर्दै दर्ता प्रक्रिया पूरा गरेको थियो।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए। उनले मेटाले नेपालको कुल जिडिपी भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे। उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।