image
image
नारायणगढ–बुटवल सडक विस्तारको काम सुस्त गतिमा , तीव्रता दिन माग

नारायणगढ–बुटवल सडक विस्तारको काम सुस्त गतिमा , तीव्रता दिन माग

काठमाडौँ -  होटल सङ्घ नेपाल (हान) गण्डकीले नारायणगढ–बुटवल सडक विस्तारको काममा भएको ढिलाइका कारण पर्यटन र होटल व्यवसायमा गम्भीर असर परेको भन्दै सरकारसँग तत्काल काम तीव्रता दिन माग गरेको छ। हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा सडकको स्तरोन्नति कार्यमा देखिएको सुस्तीले पर्यटक र समग्र यात्रुले हैरानी खेप्नुपरेको उल्लेख छ। उनका अनुसार, सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्य छन्। सडक विस्तार कार्यमा भएको ढिलाइ, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यस खण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्राहीले ठूलो कष्ट उठाउनु परेको छ। अर्को तर्फ दुर्घटनाको जोखिम त छँदैछ।​

पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठूलो महत्त्व राख्ने भन्दै उनले नेपालमा सडक सञ्जालको काममा हुने ढिलासुस्तीका कारण पर्यटन नै धरापमा पर्न लागेको बताए।​

गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमी र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमी विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोड रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपर्ने हो। तेश्रोपटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा ६३ प्रतिशत मात्र प्रगति भएको छ।​

अहिले सहज अवस्थामा त सडक विस्तार र स्तरोन्नति कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला? सडकको विस्तार कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नति कार्य नसकिँदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल सङ्घ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।