ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको जानकारी दिएका छन्। उनका अनुसार, प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ, तर आज विपक्षी दलका नेता बाहिर भएकाले सम्बोधन स्थगित गरिएको हो।
संसदको बजेट अधिवेशन आज दिउँसो १ बजे सुरु हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए।









