नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको शव सफलतापूर्वक उद्धार
काठमाडौँ - सशस्त्र प्रहरी बलका गोताखोरहरूले बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ स्थित भादा नदीमा डुबेर बेपत्ता भएका १९ वर्षीय सृजन पोख्रेलको शव शुक्रबार बिहान निकाल्न सफल भएका छन्। सृजन पोख्रेल सोही ठाउँको सयलवा रामबाघका निवासी थिए।
उनी नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी कार्यमा जुटेको थियो। शुक्रबार बिहान शव नदीको गहिराइमा फेला परेको र उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।









