image
image

निषेधाज्ञापछि ह्वात्तै घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

काठमाडौँ १९ वैशाख । उपत्यकालगायत देशभरका विभिन्न ठाउँमा  निषेधाज्ञा जारी गरिएसँगै  वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ। कोरोना महामारी बढेकाले विभिन्न देशले उडान पनि बन्द गारिसकेका छन् ।  वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार देशभरिका श्रम कार्यालयमार्फत् मंगलबार र बुधबार क्रमशः १ हजार ९ सय ५८ र २ हजार १९७ श्रम स्वीकृति जारी गरिएका थिए भने बिहीबारबाट निषेधाज्ञा लागू भएपछि उक्त संख्या १ हजार ८५ मा झरेको हो।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार निषेधाज्ञाका कारण यातायातमा परेको प्रभावले गर्दा श्रम स्वीकृतिको संख्या घटेको हो। २०७६ साल फागुन ३० गतेबाट बन्द भएको स्वीकृति पाँच महिनाको रोकावटपछि २०७७ सालको भदौ १४ गते जोखिमपूर्ण देशहरू पहिचान गरी ती बाहेकका देशहरूमा श्रम स्वीकृति दिने कार्य पुनः सुचारु गरिएको थियो। कोभिड–१९ को पहिलो लहर सुरु हुनुअघि २०७६ साल मङ्सिरमा वैधानिकीकरणबाहेकका श्रम स्वीकृति लिनेको दैनिक औसत संख्या २ हजार १ सय ३५ रहेको थियो।

कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि २०७७ को चैत महिनामा दैनिक औसत १ हजार १ सय ९५ पुग्यो, जुन उक्त वर्षकै उच्च थियो। २०७८ साल सुरु भएलगतै दैनिक श्रम स्वीकृतिको संख्या पुरानै लयमा फर्कने क्रममा थियो। तर, बिहीबारदेखि देशभरका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएसँगै उक्त संख्या ओरालो लाग्ने क्रममा रहेको बताए ।  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।