image
image

प्रेसमैत्री बजेट ल्याउन महासङ्घको माग

कर्णाली, १९ वैशाख: नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले प्रेसमैत्री बजेट ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घ टोलीले आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समेट्नुपर्ने विषयबारे ज्ञापनपत्र बुझाएको हो ।


ज्ञापनपत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न, प्रदेश समितिलगायत आफ्नै भवन तथा जग्गा नभएका जिल्ला शाखाको भवन निर्माण, पत्रकारको पेशागत सुरक्षाका लागि कल्याणकारी कोष स्थापना गर्न, १० जिल्लाका पत्रकारका लागि क्षमता विकास, लेखनवृत्तिजस्ता कार्यक्रममा बजेट विनियोजन गर्न माग गरिएको छ ।

महासङ्घ प्रदेश समितिका सचिव दीपक बुढाले पत्रकारिताका विभिन्न शीर्षकमा रु पाँच करोड ५० लाख बजेट विनियोजन गर्न माग गरिएको बताए । ज्ञापनपत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले पत्रकार महासङ्घको सुझावका आधारमा सञ्चार क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।