प्रहरीले एकैदिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ , रौतहट
काठमाडौँ - रौतहट प्रहरीले एकैदिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका युनिटहरूले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेका हुन्। पक्राउ परेकाहरूमा कुटपिट, नागरिकता, किर्ते जालसाजी, बहुविवाह, अभद्र व्यवहार, र बनसम्बन्धी मुद्दाहरूका प्रतिवादीहरू रहेका छन्।
पक्राउ प्रतिवादीहरूबाट कुल ५ वर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ। यस अभियानअन्तर्गत यस आर्थिक वर्षमा १,००० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।









