आक्रमणपछि सुनसान भयो पहलगाम
काठमाडौँ - मङ्गलवार, २२ अप्रिल २०२५ मा, जम्मू कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकहरूलाई लक्षित गरी भएको आतङ्कवादी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ भारतीय नागरिक र १ नेपाली नागरिक रहेका छन्।
यस आक्रमणमा २० जना अन्य घाइते भएका छन्। सामान्य अवस्थामा पर्यटकहरूले भरिपूर्ण रहने यस ठाउँका सडक घटनापछि सुनसान बनेका छन् । पसलहरूमा ताला झुन्डिएका छन् भने चारैतिर आतंक छाएको छ, रौनक हराएको छ ।
आक्रमण पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ । भारतको मिनी स्विट्जरल्याण्ड भनेर चिनिने बियसरन उपत्यका मङ्गलवार बिहानदेखि दिउँसोसम्म पर्यटकहरूले भरिपूर्ण थियो । तर अचानक यहाँ घुम्न आएका पर्यटकहरूको हाँसो कोलाहलमा परिणत भयो । आतंककारीहरू आए र अन्धाधुन्ध गोली चलाए ।









