बसको क्याबिनमा फेला परेको अवैध चाँदी बरामद
काठमाडौँ - नेपाल प्रहरीले बाराको पथलैया चोकस्थित यात्रुबाहक बसको क्याबिनबाट अवैध चाँदी बरामद गरेको छ। मंगलबार साँझ ५ः३० बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको टोलीले वीरगन्जबाट तुलसीपुर दाङ जाँदै गरेको बा ३२५६ नम्बरको बसमा चेकजाँच गर्दा क्याबिनको सिट मुनि टेपले बेरी राखिएको शङ्कास्पद कार्टुन फेला पारे।
कार्टुन खोल्दा त्यसमा चाँदी जस्तो देखिने रेडिमेट गहना लुकाइ राखिएको थियो। प्रहरीले उक्त चाँदीको अनुमानित मूल्य दश लाख अस्सी हजार रुपैयाँ रहेको र तौल करिब ६ किलो रहेको जनाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको छ।









