image
image
मिनिट्रक दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत , ​डोटी

मिनिट्रक दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत , ​डोटी

काठमाडौँ -​   मिनी ट्रक दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान भएको छ। उक्त दुर्घटनामा बझाङको बुङ्गल नगरपालिका–२ मलेना निवासी ३२ वर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको मृत्यु भएको पुष्टि भएको छ।​

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनी ट्रक अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार, कच्ची र चिप्लो बाटोका कारण ट्रक सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।

डोटी जिल्ला प्रहरी कार्यालयका अनुसार, चालक अर्जुन धामीको शव घटनास्थलमा फेला परेको छ भने अन्य दुई जनाको शव घटनास्थलबाट करिब ५० मिटर तल भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।