कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध
काठमाडौँ - कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ आलफाट्टेमा आज बिहान पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेका अनुसार, मङ्गलबार रातभरको वर्षाका कारण एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो।
यसबाट सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाका केही वडामा आवतजावत प्रभावित भएको छ। प्रहरी र स्थानीय प्रशासनको टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेका छन्।









