बन्द हुने भयो अन्तरिक उडान
काठमाडौँ १९ वैशाख । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।
त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।
अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।









