अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी तत्काल कार्यक्षेत्रमा हाजिर हुन स्वास्थ्य मन्त्रालयकाे निर्देशन
काठमाडौं १९ वैशाख । स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी तत्काल कार्यक्षेत्रमा हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले आइताबार एक सूचना जारी गर्दै विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापकहरुलाई आवश्यकताअनुसार कोभिड संक्रमितको उपचारमा खटाउन यास्तो निर्देशन दिएको हो ।
त्यस्तै मन्त्रालयले अध्ययन बिदामा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेका स्वास्थ्य संस्थामा हाजिर हुन र परीक्षण प्रयोगशालाहरूलाई सातै दिन २४ सै घण्टा परीक्षण सेवा प्रदान गर्न आग्रह गरेको छ । साथै सबै (२५ वटा ) हब र स्याटेलाइट अस्पतालहरूबाट २४ सै घण्टा संक्रमितको परामर्श, व्यवस्थापन तथा उपचार सेवा प्रदान गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।