सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति
काठमाडौँ - जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टीका कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन्। साहका अनुसार, यादवको समर्पण र योगदान पार्टीमा उच्च भएपनि उनको गिरफ्तारी योजनाबद्ध षड्यन्त्र भएको उनले एक प्रेस विज्ञप्तिमार्फत दाबी गरेका छन्।
साहले पार्टी अध्यक्ष डा. सीके राउतमाथि आर्थिक अनियमितता, शक्ति दुरुपयोग, पारदर्शिताको अभाव, समानुपातिक सूचीमा आर्थिक लेनदेन लगायत १० वटा बुँदामा ठूला गम्भीर आरोप लगाएका छन्। उनले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै पार्टीमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति आवश्यक रहेको बताएका छन्।










