image
image
आज पनि रोकेनन् शिक्षकहरूले आफ्नो विरोध प्रदर्शन (तस्बिरहरू)

आज पनि रोकेनन् शिक्षकहरूले आफ्नो विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ - ​विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंको माइतीघर—बानेश्वर क्षेत्रमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनीहरूले विगत  २० दिनदेखि जारी राखेको आन्दोलनमा सरकारसँगको सम्झौतामा भएका सहमतिहरू कार्यान्वयन नगरेसम्म विद्यालय नफर्किने अडान लिएका छन्। ​

शिक्षकहरूको प्रमुख माग भनेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकार र सेवा सुविधा सुनिश्चित गर्ने प्रावधानहरूको समावेश हो। उनीहरूले 'विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर', 'शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। 

सरकारले आगामी बजेट अधिवेशनबाट विधेयक जारी गर्ने प्रतिवद्धता जनाए पनि शिक्षकहरू त्यसमा विश्वस्त छैनन्। उनीहरूको भनाइमा, 'शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने' भनिएको छ। ​

यस आन्दोलनका कारण देशभरका विद्यालयहरू बन्द भएका छन्, जसले लगभग ७० लाख विद्यार्थीहरूको पढाइमा असर पुर्याएको छ। 

शिक्षकहरूको आन्दोलन जारी रहँदा, सरकार र शिक्षक महासंघबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन।​

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।