image
image
वैशाख महिनामा ८ वटा प्रमुख अस्पतालमा १५ नयाँ स्वास्थ्य सेवा थप गर्ने योजना

वैशाख महिनामा ८ वटा प्रमुख अस्पतालमा १५ नयाँ स्वास्थ्य सेवा थप गर्ने योजना

काठमाडौँ -  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनामा आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप र विस्तार गर्ने योजना सार्वजनिक गरेका छन्।

यसअन्तर्गत, वीर अस्पतालले सर्जिकल आइसीयुमा ९ शैय्या थप्ने, भरतपुर अस्पतालले क्याथ ल्याब, जलन वार्ड, सिमुलेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिट सञ्चालनमा ल्याउने, भक्तपुर क्यान्सर अस्पतालले पेडियाट्रिक वार्ड र पिआइसीयु सेवा विस्तार गर्ने, भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप्ने, नारायणी अस्पतालले क्याथ ल्याब सेवा सञ्चालन गर्ने, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले हेमोडायलासिस सेवा सुरु गर्ने र गेटा अस्पतालले मोड्युलर ओटी, आकस्मिक वार्ड र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस कार्यक्रमको उद्देश्य संघीय अस्पतालहरूको सेवा सुधार र विस्तार गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।