image
image
तनहुँमा कल्भर्ट निर्माण सम्पन्न

तनहुँमा कल्भर्ट निर्माण सम्पन्न

​काठमाडौँ -  शुक्लागण्डकी नगरपालिका–८ र १० को जोड्ने मान्द्रे खोलामाथि निर्माण गरिएको कुखुरे कटहरे कल्भर्ट तोकिएको म्याद अगावै सम्पन्न भएको छ। शनिबार उद्घाटन गरिएको उक्त कल्भर्टको लम्बाइ २० मिटर रहेको छ।​

नगरपालिकाको आन्तरिक बजेटबाट रु. २५ लाख विनियोजन गरिएको थियो, तर ठेक्का सम्झौतामा रु. २२ लाख १० हजार २५० मा निर्माण सम्पन्न भएको वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो। यस परियोजनाले कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका स्थानीय बासिन्दाहरूको आवागमनलाई सहज बनाएको छ। वर्षा मौसममा खोला बढ्दा आवागमनमा समस्या हुने गरेको थियो, जसको समाधानका लागि पालिकाले यो कल्भर्ट निर्माण गरेको हो।​

स्थानीय दीपबहादुर नेपालीका अनुसार, यस कल्भर्टको निर्माणले विद्यालय जान नपाएका विद्यार्थी र बिरामीहरूको यात्रा जोखिममुक्त बनाएको छ। वडा र नगरपालिकाका कर्मचारीलाई स्थानीय समस्याबारे जानकारी गराएपछि यो समाधान भएको हो।​

उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो। उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।