नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ - नेप्से परिसूचक र कारोबार रकममा गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा झरेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स १.६४ अंक र फ्लोट इण्डेक्स १.२६ अंकले घटेका छन्।
कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन ३२८ कम्पनीका २ करोड १३ लाख २३ हजार कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्। यो रकम गत बिहीबारको १० अर्ब ५० करोडभन्दा बढीको कारोबार रकमको तुलनामा घटेको हो।
उपसमूहको विश्लेषण गर्दा, १३ मध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक १.०२ प्रतिशतले बढेको छ भने जलविद्युत, अन्य उपसमूह वित्त, होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।









