image
image
सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै गणतन्त्रको नाममा निरंकुशता अन्त्य हुनुपर्ने : राप्रपा

सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै गणतन्त्रको नाममा निरंकुशता अन्त्य हुनुपर्ने : राप्रपा

काठमाडौँ -​ ​ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई आइतबार सिंहदरबार परिसरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो। यस घटनापछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारको रवैयाले संविधानले सुनिश्चित गरेका अधिकारहरूको उल्लङ्घन भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले फेसबुकमार्फत लेखेका छन्, 'सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ।'​

यसैबीच, राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी अध्यक्षसहितका नेताहरू पक्राउ परेसँगै अपराह्न ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।