धवलशमशेरलाई हाजिर जमानीमा रिहा गर्ने तयारी
काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणालाई रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको छ। उनी क्यान्सरका बिरामी हुन् र नियमित उपचारका लागि भारत जानुपर्ने भएकाले रिहा गर्न लागिएको स्रोतले जानकारी दिएको छ।
तीनकुनेमा गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएपछि राणा पक्राउ परेका थिए। उक्त घटनामा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। राप्रपाले यस घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ।
राणा गिजाको क्यान्सरका बिरामी हुन् र भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार गराएका थिए। उनी डिस्चार्ज भएर नेपाल फर्किएका छन् र पार्टीका कार्यक्रमहरूमा सक्रिय हुने तयारीमा छन् 。









