image
image
अवैध लागु औषधसहित ५ जनालाई पक्राउ

अवैध लागु औषधसहित ५ जनालाई पक्राउ

काठमाडौँ ।  पर्सा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गएराति अन्दाजी ११ः४५ बजे हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन्।​

त्यस्तै, इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको टोलीले प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहको घरमा विक्री वितरणका लागि लुकाई छिपाई राखेको २ किलो १४० ग्राम गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिएको छ।​

गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको छ।​

पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।