निर्माण गरिएको गोदामघर प्रदेशलाई हस्तान्तरण :पोखरा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पोखरामा निर्माण गरिएको प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गरेका छन्। यो गोदामघर विपद्जन्य घटनामा तत्काल उद्धार र राहत सामग्री भण्डारणका लागि प्रयोग हुनेछ।
नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा उक्त गोदामघर निर्माण गरिएको हो। भवन निर्माणमा २ करोड रुपैयाँ लगानी भएको छ।









