image
image
सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु : डोटी

सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु : डोटी

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१, बेडुपाटा खोलाको किनारमा सिकार खेल्ने क्रममा घटनामा परी सार्कीको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका नरेश सार्की, बडीकेदार–२ बर्छैनका तपन सार्कीका छोरा हुन्।​

सिकारका लागि लिएको भरुवा बन्दुक अचानक पड्किँदा नरेश सार्कीको दायाँ छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले जानकारी दिए।​

उक्त बन्दुक बडीकेदार–१ रजेडका ४८ वर्षीय कमल सिंह खड्काले बोकेका थिए।​

घटनामा संलग्न रहेका बडीकेदार गाउँपालिका–१ रजेडका कमल सिंह खड्का (४८), खेम खड्का (२६), तारा सिंह खड्का (५२), बडीकेदार–२ बर्छैनका तेजेन्द्र भाट (३९), अम्मर शाह (४०), चक्र भाट (३१), सुनील बम (१८), गणेश घर्तीमगर (३७), मान बहादुर शाह (७१), तथा बडीकेदार–२ गर्भुजाका जुलेश नामजाली मगर (२६)लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।

​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।