नेपालमा व्यावसायिक रूपमा ऐंसेलु खेतीको सम्भावना
काठमाडौँ । ऐंसेलु, नेपालका पहाडी भूभागमा पाइने एक प्रकारको जंगली फल हो। यसको झाडी ५ देखि ५ मिटर लामो र १२ फिटसम्म उचाइको हुनसक्छ। फल माघ देखि चैत महिनासम्म पाक्ने गर्दछ।
ऐंसेलुमा भिटामिन C, फिनोल, र फ्लेवोनोइड जस्ता पोषकतत्त्व पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन, ज्वरो र ग्याष्ट्रिक समस्यामा राहत दिन, र मिर्गौलालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ।
यसको जरा र पातलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। पातको पेस्ट बाहिरी घाउमा लगाउँदा निको पार्न मद्दत गर्छ। यसका रस र वाइन पनि बनाइन्छ, जसको युरोपीय मुलुकबाट माग रहेको छ।
ऐंसेलु खेती नेपालमा व्यावसायिक रूपमा प्रचलित छैन, तर यसको जंगली उत्पादन र औषधीय गुणका कारण यसलाई संरक्षण र व्यावसायिक खेतीको सम्भावना रहेको छ।
कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ ।ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ ।
अधिकांश सहरीया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।
लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्त याममा एसेलु बेच्नेहरु भेटिन्छन् ।









