पत्रकारमाथि भएको आक्रमणप्रति घटनामा संलग्न दोषीलाई कारबाही माग : वीरगञ्ज
काठमाडौं । नेपाल पत्रकार महासंघले वीरगञ्जमा प्रदर्शनको समाचार संकलन गर्दै गर्दा तीन पत्रकारमाथि भएको आक्रमणको घोर विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो घटनाले पत्रकारको संवैधानिक अधिकार र नागरिकको सूचना प्राप्ति अधिकारमा गम्भीर आघात पुर्याएको छ।” घाइते पत्रकारहरूको उपचारको व्यवस्था र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायसँग प्रभावकारी कदम चाल्न पनि महासंघले अनुरोध गरेको छ।









