सिराहामा एक युवतीको मृत्युको घटनामा गृहमन्त्रीको निर्देशन
काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारको शिकार भएकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले घटनामा चासो व्यक्त गर्दै छानबिनको निर्देशन दिएका छन्। आनन्दीदेवीलाई पुस ९ गते बलात्कार प्रयासपछि प्रहरीमा जाहेरी दिइएको थियो, तर अहिलेसम्म आरोपी पक्राउ परेका छैनन्। गृहमन्त्री लेखकले प्रहरी प्रमुखलाई छानबिनको जिम्मा दिँदै दोषीलाई कारवाही गर्न निर्देशन दिएका छन्। सिरहा प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।









