सहिद स्मृति विकास केन्द्रको अवलोकन, पुष्पकमल दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको भ्रमण गरेका छन्। यस क्रममा उनले सहिद सूर्य विक्रम थापा ‘सलिम’को प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको थियो।
सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा ज्यान गुमाएका थिए। उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।









