image
image
विद्युतीय प्रणालीबाट सञ्चालित लिफ्ट सिँचाइ आयोजना निर्माण : जुम्ला तातोपानी

विद्युतीय प्रणालीबाट सञ्चालित लिफ्ट सिँचाइ आयोजना निर्माण : जुम्ला तातोपानी

काठमाडौँ ।  जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजारको लागतमा विद्युतीय लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ। यस आयोजनाले २५ किलोवाटको मोटर र १० किलोवाटको विद्युत् आपूर्ति प्रणालीमार्फत ५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। यस आयोजनाबाट ३५ घरधुरीका १४५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन्।

यो आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ५४ लाख ८ हजार ७४१ र तातोपानी गाउँपालिकाको रु ३ लाख ५२ हजार ४७१ लगानीमा निर्माण गरिएको हो। यसअघि सोलार प्रणालीमार्फत सञ्चालन भएका लिफ्ट सिँचाइ आयोजना दीर्घकालीन रूपमा टिकाउ नभएपछि विद्युतीय प्रणालीमार्फत नयाँ आयोजना निर्माण गरिएको हो।​

यस आयोजनाले सिँचाइको अभावमा बाँझो रहेका जमिनमा खेतीको सम्भावना बढाएको छ र कृषकहरूको आयआर्जनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।