image
image
मालढुङ्गा–बेनी सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अघि

मालढुङ्गा–बेनी सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अघि

काठमाडौं ।  मालढुङ्गा–बेनी सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यस सडकको १३ किलोमिटर खण्डलाई ११ मिटर चौडा बनाई कालोपत्र र ढलान गरिँदैछ। इञ्जिनियर विष्णु चापागाईका अनुसार, मालढुङ्गाबाट जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र गरिएको छ। केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भइरहेको छ। करिब दुई किलोमिटर ढलान पनि गरिएको छ।​

चार वर्षअघि रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरोन्नति कार्य नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको इञ्जिनियर चापागाईले बताए। पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो।​

हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ। मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भइरहेको छ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।