मङ्गलबजारमा ११ वर्षीया बालिकाको हत्या
काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले मृतककी १५ वर्षीय दाइलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, मंगलबार सो घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र थप अनुसन्धानका लागि पक्राउ गरिएका किशोरलाई प्रहरी हिरासतमा राखिएको बताइएको छ।









