image
image
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालन

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालन

काठमाडौं । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले मातृ र नवजात शिशुको उपचारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ। कुपण्डोलस्थित अस्पताल भवनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उक्त ल्याबको उद्घाटन गरे। यस ल्याबमार्फत नर्सिङ, अनमी, मिडवाइफ र चिकित्सकहरूको सिकाइका लागि प्रयोगात्मक अभ्यास गर्न सकिन्छ। अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो।​

अस्पतालका निर्देशक डा. श्री अधिकारीका अनुसार, यस ल्याबले देशभरका मातृ र शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलाएको छ। मन्त्री पौडेलले उद्घाटन समारोहमा आमा र शिशुको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।​

अस्पतालले मातृ र शिशु उपचारका क्षेत्रमा जनशक्तिको क्षमता विकासमा योगदान पुर्याउँदै सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाउने योजना बनाएको छ। यसका साथै, आगामी बजेटमा मातृ र शिशु स्याहारका क्षेत्रमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने घोषणा गरिएको छ।​

अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको उद्घाटनसमेत गरिएको छ। यसअघि ८ जनाको क्षमता रहेको उक्त युनिटमा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ। अब सेन्टरको क्षमता १२ पुगेको अस्पतालका निर्देशक अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।