किशोरीमाथि जबरजस्ती करणी
काठमाडौँ । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२ का दिलबर खान रहेका छन्। उनीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
खानले १७ वर्षीया किशोरीलाई मेचीनगर नगरपालिका-९ स्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएको थियो। उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।









