image
image
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ, जसअनुसार यस धम्कीको पछाडीको घटनामा शंकास्पद दुई युवाको पनि खोजी गरिएको छ ।
 
रिपोर्टका अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परे पछि मुम्बई प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएको थियो । यस अवधिमा ती मानिसको रातो टोपी हटाइयो, उनको पाइन्टको खल्ती छामियो र दुबै राम्रोसँग सुरक्षा जाँचसमेत गरिएको थियो । तर, कुनै प्रमाण नभेटे पछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो । 

खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ। यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन। 

यसबाहेक कसैलाई पनि फोटो खिच्न पनि रोक लगाइएको छ । वास्तवमा सलमान खान, शाहरुख खान र अमिताभ बच्चन यस्ता स्टार हुन् जसको घरबाहिर दर्शकको ठूलो भीड देखिन्छ तर सलमान खानलाई ज्यान मार्ने धम्की बाराम्बार आएपछि उनको सुरक्षा फेरि बढाइएको छ । उनको घरबाहिर पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।