अनुमती बिना खाद्य सामग्री उत्पादन गर्ने राइस मिललाई ५० हजार जरिवाना
काठमडौँ । हेटौंडामा संचालित विजय राइस मिललाई अरुको ब्राण्ड प्रयोग गरेको तथा अनुमती बिना खाद्य सामग्री उत्पादन तथा विक्री वितरण गरेको भन्दै ५० हजार जरिवाना गरिएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतत्वमा रहेको अनुगमन टोलीले उक्त मिललाई अनुगमन स्थलमा नै ५० हजार जरिवाना गरी ७ दिन भित्र गल्ती सुधार गर्न निर्देशन दिएको छ ।
आइतबार सहायक सिडियो शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ हेडम्बी हाइट रहेको उक्त मिलले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र नलिइ खाद्य सामग्री उत्पादन तथा विक्री वितरण गरेको अरुको व्राण्डलाई पुनः प्याकिङ्ग गरी विक्री वितरण गरेको भन्दै अनुगमन स्थलमा नै ५० हजार जरिवाना गरी आवश्यक सुधारका काम गर्न ७ दिन को समय सिमा तोकेको हो ।
त्यस्तै मिलमा खाद्य बस्तुहरु अखाद्य बस्तुहरुसंगै अस्तव्यस्त अवस्थामा राखेको, मिलको बोर्ड नराखी संचालन गरेको पाइएको उनले बताए ।
मिलले ७ दिन भित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमती लिइ, सुधारका काम नगरे थप कारवाही हुने बताइएको छ ।